-->

About Me

Girl With Beautiful Soul

Hello, This is Manuja, and I'm a college student who views life as an adventure. I spend the majority of my time observing and learning more about my surroundings.

I enjoy debating deep topics such as human behavior, life, and love, as well as hearing about other people's perspectives to the point where I will investigate controversies and bring them up in conversation with others. Of course, I am aware that not everyone is comfortable discussing controversial topics, but that is not a problem; I can see that in people. One more thing, I hate those people who have an interest in judging others. And, of course, I have many more layers...

Brithday 01-04-XXXX
Call +977-98XXXXXX
Email hi@manuja.com.np
Website www.manuja.com.np

My Blog

Latest blog


कोशी मस्त सुसाइरहेको थियो। र म एकोहोरो कोशीको किनारमा बसेर आफ्नो आशु कोसीमा मिसाउने कोशिश गरिरहेको थिए। म आफ्नो आँशु कसैले नदेखोस भन्ने चाहले घरीघरी यताउता हेर्थे र थोरै भएपनि सम्यमता अपनाँउथे। लगभग बिहानको 9:30 बजे तिर आफ्नो अस्तित्व समाप्त गर्न भनेर घरबाट निस्केकी म 11 बजे कोशी नदिको किनारमा पुगेर थचक्क बालुवामा बसें। जवानीको जोसमा मेले गरेको गल्ती न भन्न लायक थियो न त सुन्न नै😢 मैले उसको माया खोजिरहेको बेलामा उसले मेरो शरिर खोजिरहेको रहेछ। सात फेरा संगै लिने र संगै जिउने-मर्ने कसम पनि नखाएको हैन हामीले। फरक यत्ति थियो कि जुन कसम मैले उसंग अन्तरआत्मा देखी खाएको थिए, त्यो कसम उसको लागी एक ढोङ्ग मात्र थियो। त्यो दिन मलाई अझै याद छ जहाँ मेरो हातमा उसको विवाहको कार्ड र pregnancy को positive रिपोर्ट कार्ड थियो।


समयको जाँतोमा म नमज्जाले पिसिरहेको थिए। 

म आफैदेखी हारिसकेको थिए, जिउने उम्मिद पनि सकिदै थियो। 


ब्यागबाट फोन झिकेर कलगलमा गएं र डायल गरे उसलाई, तर फोन उठेन। मेसेज छाडें,' बिहेमा आउन सकिन, सरी डियर। दाम्पत्य जिबनको हार्दिक मङ्गलमय शुभकामना। तिमीहरु सधैं हाँसीरहनु। उसको आँखाबाट आंशु नबगोस् कहिल्यै☺😢। '


उसको आँखाको आंशु रोक्न म आफ्नो आंखाबाट बलिन्द्र धारा आंशु बगाईरहेको थिएं। ग्यालरीबाट उसका सबै फोटो डिलिट गरें र नम्बर पनि ब्लक लिस्टमा हाल्दिएं। मन अलि शान्त भएको अनुभव गरें मैले। बहिनीलाई फोन गरें मैले र रुन्चे स्वरमा हेलो भनें। उसको गालीमा आज मैलें पहिलो पटक प्रेम भेटेकी थिएं। सोधि," बिहान देखी निस्केको मान्छे कता हो घर आउने हैन?"

'म साथीको घरमा छु भोली आंउछु गधि। तलाई धेरै रुवाको छु मैले। आज एकदम नराम्रो लाईराछ मलाई। प्लिज फरगिभ मि जान। आई लभ यु सो मच😍', यति भनेर फोन हतारहतार स्विच अफ गरें। साँझको 6 बजेसम्म किनारमै रोएर बसिरहेको थिए। कसैले देख्ला कि भनेर डरमा केहि गर्न असमर्थ थिए।

मन न हो उसको मेसेज आयो कि भनेर फोन अन गरे तर आएको रैनछ। मन खिन्न गँराउदै एकटकले किनारमा आंखा डुलाईरहें। मेरा दिल अनि दिमाख थाकिसकेको थिएं उस्को व्यवहारदेखी। सबैलाई मनमनै माफी माँगे र बिस्तारै लर्बराउदै खोलातर्फ आफ्ना पाइला बढाँउदै गएं। पानीले पनी ष्पर्श गर्दै थिए मेरा पाइलाहरु। त्यत्तिकैमा मलाई कसैले पछाडि तान्यो र म पानीमा पछारीएं। जिन्दगीले मलाई अजिब मोडमा लगेर छाडिदिएको थियो, न त त्यो परिस्थितीलाई अपनाउने ताकत मसंग थियो, न त समयबाट भाग्न नै सक्षम थिए। मसंग अब फेरी अधि बड्ने तागत थिएन न त उठ्न सक्ने क्षमतानै😢। उसैले मलाई उठ्न हात थिथो र बिस्तारै उसको सर्ट समातेर उठ्दै गर्दा पानीमा पछारीए। म साच्चिनै निकै कमजोर भैसकेको रहेछु 😶😶


बिहान म लगभग 10 बजे बिंऊझिए र एताउता हेरें। ऊ पर सोफामा असजिलो गरी सुतेको रहेछ। आफुलाई खुल्ला महसुस गरिरहेको अवस्थामा मैले मेरो शरीरमा हलुका लुगा पाँए। म उठ्न खोजेको चाल पाएर ऊ बिउझियो। आएर तकिया मेरो टाऊको पछाडी राखिदियो। 


म : मेरो कपडा तिमीले फेरीदिएको?

ऊ : आइ एम सो सरी! तिमी पुरै भिजेको थियौ र 

पछि बेहोस भयौ। अनि चिसो लाग्ला भनेर 

मैले फेरिदिएं। मलाई माफ गरिदेऊ। मैले

सहनै सकिन😐 तिमीलाई त्यस्तो हालतमा छोड्नै सकिन😟

मसंग केहि बोल्ने शब्द नै थिएन। मुटु एकदमै 

दुखेर आयो र त्यत्तिकैमा म भक्कानिएर चिच्य्याउदै रोएं। उ दगुर्दै मेरो छेउमा बस्यो र मलाई जोडले अङ्गाल्यो। त्यो सामिप्यताले मलाई बा-आमाको माया अनि त्याग एहेसास गरायो। म उसको अंगालोमा लुपुक्कै निदाएछु। करिब 4 घन्टा पछि बिऊझिदा ऊ त्यहां थिएन तर टेबलमा खोइ के लेखेर छोडेको रहेछ😢......

Contact Me

Contact With Me